साढे ८२ लाख हुन्डीको रकमसहित ४ पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २९ गते १९:२७

पर्सा । प्रहरीले साढे ८२ लाख हुन्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले ५७ लाख ५० हजार अवैध हुन्डीको रकमसहित भारतको रक्सौल–१८ घर भइ हाल वीरगंज–३ आदर्शनगर पानीट्याङ्की डेरा गरी बस्दै आएका २७ वर्षीय विकास कुमार, रक्सौल–९ का २२ वर्षीय गुडु कुमार, मोतिहारी–५ का १८ वर्षीय साहिल गुप्ता र बाराको महागढीमाई नगरपालिका–४ बस्ने वर्ष १८ का कलामुद्दीन अन्सारीलाई पक्राउ गरेको हो ।
आदर्शनगरको पुरानो बसपार्क नजिकै कालो झोला लिएर गइरहेका अन्सारीलाई प्रहरीले चेक गर्दा २५ लाख अवैध रकम भेटिएपछि प्रहरी विकास कुमारको डेरासम्म पुगेको थियो ।
त्यसपछि डेराबाट थप ५७ लाख ५० हजार अवैध रकम भेटिएपछि चार जनामाथि बैंक तथा वित्तीय कसूरसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया