व्यावसायिक खेतबाट म्याग्दीका किसानको वार्षिक ३० लाख आम्दानी

गलेश्वर (म्याग्दी)। म्याग्दीका किसानले व्यावसायिक खेतबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले बेमौसमी तरकारी, फलफूललगायत खेती गरेर वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।
जिल्लाको बेनी नगरपालिका(२ लभ्लीहिलका चन्द्रबहादुर कार्की, खबराका सोभित शर्मा, भकिम्लीका टेकबहादुर घर्ती, मरेकका इन्द्र थापा, बासकुनाका तिलक गुरुङ, मङ्गला गाउँपालिका(३ का सन्तनाथ सापकोटालगायत जिल्लाका कैयौँ किसानले तरकारी र फलफूल खेतीमार्फत गाउँमा समृद्धिको नयाँ इतिहास रचेका छन् ।
बेनी(२ का कार्कीले नौ रोपनी जमिनमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । उनले धान फल्ने खेत र कोदो झुल्ने बारीभरि तरकारी र फलफूल खेती गरेको उनले जानकारी दिए ।
आफ्नो कमाइबाट बेनी बजार र गाउँमा घर बनाएको कार्कीको भनाइ छ । किसानको कठिनाइबीच मल, बीउ, पानी र बजारको समस्या समाधान गर्दै दिनरात मेहनत गरेका कार्कीको बारीमा साग, बन्दाकोबी, प्याज, लसुन, मुला, गाजर, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् ।
६५ वर्षिय कार्की जहिले पनि खेतबारीको माटोसँग खेलिरहेको देखिन्छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविताका अंश ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल’ जस्तै उनको जीवन पनि सिर्जनात्मक श्रमको प्रत्यक्ष उदाहरण बनेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।
कार्कीको सफलताले युवालाई विदेश जानुभन्दा गाउँमा बसेर मेहनत गर्न प्रेरणा दिएको छ । स्थानीय कृषक तेजेन्द्र कार्कीले भने, “कार्की दाइको पसिनाले माटोमा सुन फलाएको छ । उहाँको खेतबारी जापान, कोरिया वा अमेरिका जस्तै भएका छन् ।”
पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमका अनुसार कार्कीको मिहिनेतले गाउँमा पैसाको प्रवाह बढाएको छ भने स्थानीय बजारमा तरकारी आपूर्ति सहज बनाएको छ । व्यापारीको कारोबार बढ्दा कतिपय युवाले गाउँमा रोजगारी पाउन थालेका उनको भनाइ छ ।
अध्यक्ष गौतमले भने, “जिल्लाका अधिकांश किसान पछिल्लो समय तरकारी र फलफूलको व्य वसायिक खेती गरी मनग्ये आम्दानी गर्दै आएका छन् । सिजनमा सुन्तला बेचेर रु पाँच लाखदेखि रु ४० लाख आम्दानी गर्ने किसान पनि जिल्लामा छन् । तरकारी र फलफूलबाट विदेशमा भन्दा बढी कमाइ गर्न सकिने प्रशस्त उदाहरण म्याग्दीमा देखिन्छन् ।”
कार्कीले रासायनिक मल र विषादी प्रयोग नगरी शुद्ध, आग्र्यानिक तरकारी उत्पादनलाई प्राथमिकता दिएका छन् । यसले उपभोक्ताको विश्वास जितेको उनको भनाइ छ । बेनी बजारका व्यवसायी टीकाबहादुर पाण्डेले भने, “स्वास्थ्यप्रति सचेत उपभोक्ताले कार्की दाइको उत्पादनलाई प्राथमिकता दिन थालेका छन् ।”
जिल्लाका किसानले तरकारी र फलफूल खेतीबाट पाएको यो सफलता व्यक्तिगत सफलता मात्रै नभएर सामुदायिक समृद्धिको कथा भएको बताउँछन् ।
यहाँका किसानको यो उदाहरणीय मिहिनेतले गाउँमा आर्थिक पाटो चलायमान बनाउन, रोजगारी सिर्जना गर्न, समृद्धिका पक्षमा सकारात्मक सन्देश दिएको उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले धारणा राखे ।


















सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया