एमाले स्थायी कमिटि बैठक बालुवाटारमा जारी, माधव पक्षका मागबारे छलफल

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । राष्टपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दिएको आजै अन्तिम दिन कतै माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिई विपक्षी गठवन्धनलाई सहज बनाईदिन सक्छन् की भन्ने आशंकाका वीचमा एमाले स्थायी कमिटिको बैठक शुरु भएको हो ।
बैठकमा माधव नेपाल पक्षका माग सम्वोधन के कसरी गर्न सकिन्छ भन्ने बारेमा विशेष गरी छलफल हुने एक नेताले बताए । नेपालसँग प्रधानमन्त्री ओलीले हिजै साँझ टेलिफानेमा सम्वाद गर्न चाहेको भए पनि नेपालले अनिच्छा देखाएपछि ओलीले विष्णु पौडेल , गोकुल बास्कोटा लगायतका नेतालाई नेपालसँग सम्वादका लागि पठाएका थिए ।

आहिले नेपाल पक्षका माग सम्वोधन गर्ने विषयमा सम्पूर्ण अधिकार ओलीलाई नै दिने गरी बैठकले निर्णय गर्न सक्ने नेताहरुको भनाई छ । सम्भवत आजै माधव नेपालले मानेमा र समय छलफलका लागि उपलब्ध गराएमा प्रधानमन्त्री ओलीले नेपालसँग पनि छलफल गर्न चाहेका छन् ।

















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया