ओलीलाई खनाल-नेपाल समुहले दियो तीन घण्टे अल्टिमेटम
आफुहरुले पेश गरेको ६ बुँदे प्रस्ताव कार्यान्वयन गर्नुपर्ने माधव पक्षका नेताहरुको भनाई

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी ओली पक्षलाई दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ । आफुहरुको तर्फबाट वरिष्ठ नेता माधव नेपालले २६ बैशाखमा प्रधानमन्त्री ओली समक्ष राखेको ६ वुँदे माग सम्वोधन दिउँसो ४ बजेसम्म पूरा गर्नुपर्ने खनाल नेपाल पक्षले ओली पक्षलाई अल्टीमेटम दिएको छ ।
अल्टीमेटम महासचिव विष्णु पौडेलसँगको भेटका क्रममा नेता नेपालले दिएका हुन् । त्यस्तै ओलीसागको टेलिफोन सम्वादमा पनि नेता नेपालले अल्टीमेटम दिएका हुन् ।
आफुहरु माथीको कारवाही अल्मलाउने खेलेमेसो मात्र भएको र त्यसले मात्र पार्टीभित्रको समस्याको समाधान ननिकाल्ने भन्दै नेपाल पक्षले ६ वुँदे माग नै सम्वोधन हुनुपर्ने माग अगाडी सारेको छ । हामीले ६ वुँदे माग अस्ति नै ओलीसँग राखिसकेका छौं, उहाँले त्यो माग सम्वोधन गर्नुपर्छ । अन्य कुरा तपशिलका हुन, नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने ।
ओलीले विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको एमालेको आकस्मिक स्थायी कमिटि बैठकले नेता नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथी ६ महिना पार्टी सदस्य समेत नरहने गरी गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं । अब हाम्रा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीको बीच वार्ता हुँदैछ । वार्ता हुनु ठीक छ,’ राववले भने, ‘तर, हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ।
नेपाल सँग प्रधानमन्त्री ओलीले बार्ताको प्रस्ताव राखेका थिए । नेपालले पनि वार्ता वस्ने कुरामा स्वीकार गरेपछि दुवै पक्षका शीर्ष नेता अहिले केही समयपछि सम्वादमा बस्न लागेका हुन् ।
नेपाल खनाल समुहले विकसित परिस्थितीका बारेमा भुचुअल बैठक समेत गरेको छ । बैठकले ओली २०७५ जेठ २ मा फर्किन तयार भएर आएमा सहमति निस्कन सक्ने पनि निश्कर्ष निकालेको छ । तर त्यो ओली र नेपाल वीच हुने भेटवार्ता पछि कुन मोड लिने भन्ने टुग्गो लाग्ने नेताहरुको प्रतिक्रिया छ ।
नेपाल समुहभित्र सुरेन्द्र पाण्डे, योगेश भटटराई लगायतका नेताहरुले भने नेताहरुमाथीको कारवाहीलाई सकारात्मक रुपमा लिँदै अव अन्य विषयलाइृ पनि सम्वादवाट टुग्गो लगाउने दिशामा जानुपर्ने बताएका छन् ।
कारवाही फुकवा सकारात्मक छ, अव जेठ ३ अगाडीको स्थायी समितिको बैठक वसेर अन्य विषयमा कार्यदल बनाएर अगाडी जान सकन्छि, नेता सुरेन्द्र पाण्डेले भने ।
नेपाल समुहमा संसदवाट राजीनामा दिने, नदिनेमा प्रष्ट दुइृ धार देखिएको छ ।
ओलीले अगाडी बढाएको र कारवाही फुकुवा गरेर देखाएको लचकताका विषयलाई हेर्ने दृष्टिकोणमा पनि नेताहरुका फरक धारणा सार्वजनिक भएका छन् । कतिपय नेताले कारवाही फुकुवालाइृ सकारात्मक भनेका छन , कतियले यसलाई अल्मलाउने मेसो ।
प्रधानमन्त्री ओलीले नेपालसँग छलफल सकारात्मक भए २०७५ जेठ ३ अगाडीको स्थायी समिति बैठक बोलाउने र त्यसबाट माओवादी छोडेर आएका नेताहरुलाई जिम्मेवारी दिने विषयमा छलफल गर्न लचक देखिएको बताईएको छ । तर नेपालले यस वीचमा भएका प्रदेश र जिल्ला कमिटिको हेरफेर र नेतृत्वका विषयमा के गर्ने भन्नेमा प्रश्न उठाईरहेका छन् ।
यसमा ओली लचक देखिदैनन ।
अव ओली र नेपाल वीच हुने सम्वाद पछि एमालेभित्रको विवाद समाधानउन्मुख हुने या नहुने भन्ने छिनोफानो लाग्ने देखिदैछ ।
राष्टपति विद्यादेवी भण्डारीले आजै बेलुकी ९ वजेसम्म बहुमतको सरकार बनाउने समय दिएकाले त्यस अगाडी नै नेपाल पक्ष के गर्ने भन्नेमा प्रेसरमा छ ।
यस्तो छ माधव नेपालको ६ बुँदे प्रस्ताव
१)सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेष्ट २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।
२) नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने ।
३) पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने ।
४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।
५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।
६) उक्त कुराहरुको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने ।















भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया