विदेशबाट ७ खर्बभन्दा बढी रकम भित्रियो
अघिल्लो वर्षको तुलनामा १६.५ प्रतिशतले धेरै
मेरोन्यूज
२०७८ वैशाख ३० गते १५:०९

काठमाडौं । विदेशबाट ७ खर्ब २९ अर्ब रुपैयाँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६ दशमलब ५ प्रतिशतले धेरै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेकाले चालु आर्थिक वर्षको ९ महिना अर्थात् २०७७ चैत्र अन्तिम सम्ममा सुधार आएको हो ।

विदेशमा काम गरेर आउने रकम विप्रेषण (रेमिट्यान्स) मा सुधार आएपनि पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ । चैत्र अन्तिमसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेमा ६६ दशमलब ७ प्रतिशतले घटेको राष्ट्र बैंकको तत्थ्यांकमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलब २ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५ दशमलब ७ प्रतिशतले घटेको छ ।
सम्बन्धित









सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया