विदेशबाट ७ खर्बभन्दा बढी रकम भित्रियो
अघिल्लो वर्षको तुलनामा १६.५ प्रतिशतले धेरै
मेरोन्यूज
२०७८ वैशाख ३० गते १५:०९

काठमाडौं । विदेशबाट ७ खर्ब २९ अर्ब रुपैयाँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६ दशमलब ५ प्रतिशतले धेरै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेकाले चालु आर्थिक वर्षको ९ महिना अर्थात् २०७७ चैत्र अन्तिम सम्ममा सुधार आएको हो ।

विदेशमा काम गरेर आउने रकम विप्रेषण (रेमिट्यान्स) मा सुधार आएपनि पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ । चैत्र अन्तिमसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेमा ६६ दशमलब ७ प्रतिशतले घटेको राष्ट्र बैंकको तत्थ्यांकमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलब २ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५ दशमलब ७ प्रतिशतले घटेको छ ।
सम्बन्धित
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया