ठाकुर र महतो पक्षका सांसद भक्तपुरको रिसोर्टमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटपछि ठाकुर र महतो पक्षले आफ्नो पक्षका सांसदलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगेर राखेको जनाइएको छ । जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मत दिएका थिए भने ठाकुर र महतो पक्ष तटस्थ रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि आज बेलुका ९ बजेसम्मको समय दिएकी थिइन् ।
उक्त रिसोर्टमा ठाकुर र महतो पक्षका १९ जना सांसद रहेको बताइएको छ । सांसदको संख्या अझै बढ्ने र उपेन्द्र पक्षलाई अर्को दल दर्ता गर्न ४० प्रतिशत पुग्न नदिने प्रयास भइरहेको जनाइएको छ । जसपामा हाल ३२ सांसद रहेकोमा ठाकुर पक्षमा १९ सांसद देखिएका छन् ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया