प्रधानमन्त्रीका लागि कसैको दाबी परेन, ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्री नियुक्त हुँदै
मेरोन्यूज
२०७८ वैशाख ३० गते २१:३६

काठमाडौं । नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुन आज साँझसम्म कसैको पनि दाबी पेश हुन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते तीन दिनभित्र संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसदलाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि लाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
राष्ट्रपतिले दिएको समयावधिभित्र कुनै पनि पक्षबाट दाबी पेश भएन । प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश नभएपछि राष्ट्रपति कार्यालयले संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीलाई नै पुनः प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी छिन् ।

सम्बन्धित
















अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया