माधव नेपाल समूहले विपक्षी मोर्चाको साथ छोड्यो
देवकोटा साझा उम्मेदवार हुन कि हैनन् भन्ने विवाद सुरु

काठमाडौं । नेकपा एमालेले विपक्षी गठवन्धनको साथ छोडेसँगै राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवकोटा साझा उम्मेदवार हुन कि हैनन भन्ने बहस सुरु भएको छ ।
नेतृत्वसँग सहमति नजिक पुगेपछि खनाल नेपाल समूह एमाले मै छलफलका क्रममा छ । नेतृत्वसँग असन्तुष्ट बनेको सो समूहले गत २४ गते वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्इ उम्मेदवारी दर्ता गराएका डा. खिमलाल देवकोटालाई समर्थन गर्ने जनाएको थियो ।
शीर्ष तहमा भएको छलफलपछि विवाद मलाउनका लागि दुबै समूहका नेता रहेको कार्यदल नै बनेको छ । माधव नेपाल समूहको निर्णयले आसन्न वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको लागि हुन लागेको उपनिर्वाचनमा पनि प्रभाव पार्ने नै छ ।
सो समूहका मतदाताले मत दिंदा एमालेका उम्मेदवार रामबहादुर थापाले जित्ने निश्चित प्राय छ ।
एमालेको भोट चोर्ने मनसाय सहित विपक्षी गठवन्धन बनाएर साझा उम्मेदवार बनाएका देवकोटा अब भने कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भएका छन् । यद्धपी खनाल नेपाल समुहले कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने सार्वजनिक गरेको छैन ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफुहरुको साझा उम्मेदवार देवकोटा नै भएको बताए । खनाल नेपाल समूहले कस्तो रणनीति बनाउँछ त्यसमा आफुहरुको कुनै प्रतिक्रिया नरहने उनले बताए ।
‘राष्ट्रिय सभाको वागमती प्रदेशमा हाम्रो उम्मेदवार देवकोटा नै हो’ उनले भने, ‘खनाल नेपाल समूहका मतदाताले एमालेको उम्मेदवार बादललाई मतदान गर्नुहुन्छ कि गठवन्धनका देवकोटालाई त्यो उहाँहरुको अधिकारको कुरा हो ।’
केन्द्रमा नयाँ सरकार बनाउन खनाल नेपाल समुहको साथ चाहेको विपक्षी गठवन्धनले साथ नपाएपछि धोका दिएको टिप्पणी गरेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खनाल नेपाल समूहले आफूहरुलाई धोका दिएको पार्टीमा ब्रिफिङ नै गरेका थिए ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया