दोहोरिँदै अधिकांश पूरानै मन्त्री
प्रधानमन्त्रीको सपथ पछि आजै मन्त्रीहरुकोनियुक्तिको तयारी

काठमाडौं । एमाले अध्यक्ष केपी ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । पहिलो र दोस्रो पटक अन्य दलको साहरामा बहुमतको सरकार निर्माण गरेका ओलीले तेस्रो पटक भने संविधानको धारा ७६(३) अनुसार संसदको सवैभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।
गत सोमबार उनले संसदमा विश्वासको मत गुमाएपछि पदमुक्त भएका ओली अन्य दलले राष्टपतिले दिएको समयावधिसम्म पनि बहुमतसिद्ध गरेर प्रधानमन्त्रीको दावी गर्न नपुगेपछि स्वतः संविधानिक प्रक्रिया अनुसार नै ठूलो दलको नेताको हैसियतमा हिजो राती नै प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
ओलीले आजै दिउँसो साँढे २ बजे पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ । राष्टपति कार्यलय शित्तल निवासले प्रधानमन्त्री ओलीको सपथको तयारी गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले आफनो सपथ पछि नै मनित्रमन्डल पनि विस्तार गदैछन् । ओलीले बनाउन लागेको मनित्रपरिषद्मा अधिकाशं पूरानै मन्त्रिलाई दोहोराँउदैछन् ।
विपक्षी गठवन्धनलाई साथ नदिई आफुलाई सहयोग गरेका जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि ओलीले सरकारमा आउन आग्रह् गरेपनि तत्कालै सरकारमा नआउने ठाकुर र महतोको प्रतिक्रिया पछि उनले आफ्नै पार्टी एमालेका मात्र नेतालाइृ समेटेर मनित्रमण्डल गठन गर्न लागेका हुन् । त्यसो गर्दा उनले अहिले कायम रहेकै अधिकाशं पूरानै मन्त्रीलाइृ दोहोराउन खोजेका छन् ।
मन्त्रिमण्डलमा उनले केही माधव नेपाल पक्षका नेतालाई पनि समेटने बताईएको छ । तर यसरी मन्त्रिमण्डल गठन गर्दा पूरानोलाई ओलीले पहिलो प्राथमिकतामा राखेका छन् ।
















अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया