ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १५:४५

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । बिहीबार दुई नेताबीच बुढानिकण्ठस्थित रामेश्वर थापाको घरमा भेटवार्ता भएको थियो ।
आज साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ताका लागि समय तय भएको जनाइएको छ । आजको भेटमा दुबै पक्षबाट अन्य नेता पनि सहभागी हुने बताइएको छ । ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनेछन् भने नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी जनाइएको छ ।
ओली र नेपालबीच बिहीबारको भेटवार्तामा कार्यदल बनाएर विवाद हल गर्ने सहमति भएको थियो ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया