ओली र नेपाल पक्षबीच सिंहदरबारमा वार्ता शुरू
विवाद समाधानका लागि कार्यदल बनाउने विषयमा छलफल

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का दुई पक्ष बीचको वार्ता सिंहदरवारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुकाे बीच वार्ता शुरु भएको हो ।
ओली र नेपालका बीचमा हिजो भएको वान टु वान वार्ता सकारात्मक दिशामा गएपछि आज दुवै पक्षका शीर्ष नेतासहित दोस्रो तहका नेताहरुका बीचको वार्ता शुरु भएको हो ।
आज दुवै पक्षको वार्ताले पार्टीभित्र देखिएकाे विवाद समाधान गर्न कार्यदल बनाउने विषयमा सहमति जुटाउने र कार्यदल सदस्यहरुको नामको छिनोफानो लाग्ने बताइएको छ । वार्तामा ओली पक्षबाट ओलीसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) र अर्थमन्त्री विष्णु पौडेल छन् ।
नेपाल पक्षबाट नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन् । एमालेमा लामो समयदेखि ओली र नेपाल पक्षका बीचमा अन्तरसंर्घष चर्किदै आएको थियो । विवाद उत्कर्षमा जाँदै गर्दा नेपाल पक्षले संसद्बाट राजीनामा दिने तयारी र ओलीले पनि नेपाल सहितका नेतालाई कारबाही गर्नेसम्मको काम भएको थियो ।
तर विवाद मिलाउने दिशामा राजनीति अगाडि बढेपछि नेपालसहित नेपाल पक्षका ४ नेतालाई ओली पक्षले गरेको कारवाही फुकुवा गर्ने निर्णय भएको थियो । नेपाल पक्षका सांसदहरुको राजीनामा पनि तत्काललाई टरेको छ ।
अब विवाद समाधान उन्मुख भएपछि कार्यादल बन्ने र त्यसले दिएको सुझावका आधारमा पार्टी अगाडि बढ्ने समझदारी ओली र नेपालका बीचमा भएको छ । त्यही छलफलको मोडालिटीका विषयमा छलफल आज दिपक्षीय वार्तामा हुने छ ।
वार्ता अगाडि नेपालले आफू पक्षका स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग जुम बैठकमार्फत ओलीसँग भएको छलफलको नेपालले जानकारी दिएका थिए । त्यस्तै थप सुझाव समेत बोकेर नेपाल पक्ष सिंहदरवारमा ओली पक्षसँग वार्तामा पुगेको हो ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया