तेस्रो पटक पदभार सम्हालेसँगै गृहमन्त्री बादलको तीन महत्वपूर्ण निर्णय

काठमाडौँ । गृहमन्त्रीका रुपमा तेस्रो पटक पदभार सम्हालेका गृहमन्त्री रामबहादुर थापा बादलले आज तीन महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् ।
पदभारपछि गृहमन्त्री थापाले कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपद्को समेत जोखिम न्यूनीकरण, पूर्वतयारी र व्यवस्थापनगरी मानवीय र आर्थिक क्षति न्यूनीकरण गर्न थप स्रोतसाधन परिचालन तथा व्यवस्थापन गर्ने, मानवीय सहायता र क्लस्टर एक्टिभेसनसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरे ।
रष्ट्रिय विपद प्रतिकार्य कार्यढाँचामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय ढाँचाको तथा कार्यढाँचा र नेपालमा कार्यरत विषयगत क्षेत्रका सरकारी निकाय र सहयोगी निकायको व्यवस्था रहेको छ । सोहीबमोजिम विषयगत क्षेत्र र सहयोगी निकायलाई वर्तमान महामारीको प्रतिकार्य र आसन्न मनसुनजन्य विपदको जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि सोसम्बन्धी प्रस्ताव पारित गरीएको हो ।
यससँगै संयुक्त राष्ट्रसंघीय आवासीय मानवीय संयोजकको कार्यालयमा सहयोगका लागि पत्र लेख्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बाटो खुलेको छ ।
यसैगरी गृहमन्त्री थापाले कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपदको समयलाई मध्यनजरगर्दै अन्तराष्ट्रिय सहायता आह्वन गर्ने निर्णयमासमेत हस्ताक्षर गरेका छन् । सो प्रस्ताव अर्थ मन्त्रालयमा पठाइनेछ ।
कोरोना नियन्त्रणलाई थप सुदृढ र प्रभावकारी बनाउन, मनसुनजन्य विपदको पूर्वतयारी प्रभावकारी बनाउन सरकारी सन्यन्त्रका अलावा गैरसरकारी तथा अन्तराष्ट्रिय सहयोगको परिचालन आवश्यक देखिएको ठहर गर्दै सोसम्बन्धी प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको हो ।
यसैगरी गृहमन्त्रीले अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । यसअघि यससम्बन्धमा जारी आदेशको समयावधि जेठ २१ मा सकिन लागेकाले सोसम्बन्धी नयाँ प्रस्तावमा उनले हस्ताक्षर गरेका हुन् ।
















नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया