बुधबार, चैत १८, २०८२

एमाले संसदीय दलको नेतामा बादल निर्वाचित

मेरोन्यूज २०८२ चैत १८ गते १६:५४

काठमाडाैं । नेकपा एमालेको संसदीय दल रामबहादुर थापा बादलले सम्हाल्ने भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो । दुवैले निर्वाचनका लागि फारम लगेर मनोनयन दर्ताको अवस्था भए पनि अन्तिम समयमा सुहाङलाई प्रस्तावक र समर्थकको अभाव भएपछि थापा संसदीय दलको नेतामा निर्विरोध भएका हुन् ।

प्रतिक्रिया