कोभिड–१९ नियन्त्रणमा सहयोग गर्न कानूनमन्त्रीको निर्देशन

काठमाडाैं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्ने कार्यमा आवश्यक सहयोग पुर्याउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने कानूनी व्यवस्थालाई पूर्णता दिने प्रतिबद्धक्तासमेत व्यक्त गरे ।
उनले ७७ जिल्लामा निःशुल्क कानूनी सहायता उपलब्ध गराउने प्रयोजनका लागि अधिकृतस्तरको अधिवक्ताको व्यवस्था गर्नेतर्फ कारबाही अगाडि बढाउने, स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारी र कर्मचारीको क्षमता अधिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुका साथै कानून अधिकृतको व्यवस्था गर्ने बताए ।
विगतमा नेपालको ४७ वटा जिल्लामा नायबसुब्बास्तरको कर्मचारीबाट कार्यसम्पादन हुँदै आएको थियाे । गरिव, विपन्न, असहायहरुको न्यायमा पहुँचको लागि यस मन्त्रालयबाट संचालित उक्त परियोजना अव ७७ वटै जिल्लामा संचालनमा आउने भएको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया