कोभिड–१९ नियन्त्रणमा सहयोग गर्न कानूनमन्त्रीको निर्देशन

काठमाडाैं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्ने कार्यमा आवश्यक सहयोग पुर्याउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने कानूनी व्यवस्थालाई पूर्णता दिने प्रतिबद्धक्तासमेत व्यक्त गरे ।
उनले ७७ जिल्लामा निःशुल्क कानूनी सहायता उपलब्ध गराउने प्रयोजनका लागि अधिकृतस्तरको अधिवक्ताको व्यवस्था गर्नेतर्फ कारबाही अगाडि बढाउने, स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारी र कर्मचारीको क्षमता अधिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुका साथै कानून अधिकृतको व्यवस्था गर्ने बताए ।
विगतमा नेपालको ४७ वटा जिल्लामा नायबसुब्बास्तरको कर्मचारीबाट कार्यसम्पादन हुँदै आएको थियाे । गरिव, विपन्न, असहायहरुको न्यायमा पहुँचको लागि यस मन्त्रालयबाट संचालित उक्त परियोजना अव ७७ वटै जिल्लामा संचालनमा आउने भएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया