ओली–नेपाल पक्ष छलफल
ठोस सहमति भएन, पुनः छलफल गर्ने गरी छुटे नेताहरू

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) भित्र देखिएको विवाद समाधानको सुत्र पहिल्याउने उद्देश्यका साथ सिंहदरबारमा बसेको दुई पक्षीय बैठक भर्खरै सकिएको छ ।
झण्डै तीन घन्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बसेको बैठकमा दुई पक्षबीच ठोस सहमति हुन सकेन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष फेरि छलफलमा जुट्ने गरी छुट्टिएका छन् ।
‘हामीले हाम्रो पार्टीको एकतालाई कायम राख्दै पार्टीलाई अगाडि बढाउन गम्भीरताका साथ कुराकानी गर्यौं’, बैठकमा सहभागी नेपाल पक्षीय नेता भीमबहादुर रावलले भने, ‘त्यसका लागि २०७५ जेठ २ गते अगाडिको पार्टी संरचनालाई आधार मानेर छलफल अगाडि बढाउने कुराकानी भयो ।’
पार्टीको संरचनालाई कुन मितिदेखि आरम्भ मान्ने भन्ने विषयमा देखिएको विवाद अन्त्यका लागि कार्यदल बनाउने र कार्यदलमा रहने सदस्यको नाम अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले पेश गर्ने सहमति भएको रावलले बताए ।
दुवै पक्षबीच संवादलाई पुनः निरन्तरता दिने विषयमा सहमति भएको उनले बताए । नेपाल पक्षीय नेताले बैठकका बारेमा प्रतिक्रिया दिएको भए पनि ओली पक्षका नेताले कुनै प्रतिक्रिया दिएनन् ।
वार्तामै सहभागी एमाले नेता रघुजी पन्तले सौहार्दपूर्ण वातावरणमा छलफल भएको प्रक्रिया दिए । ‘पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भयो’, उनले भने ।
वार्तामा ओलीसहित उनी पक्षका नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पाैडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी थिए । यस्तै नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया