रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक पर्ने ५ खानेकुरा

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । रोगसँग लड्ने क्षमता भएन भने कुनै पनि रोगले छिट्टै समात्ने गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना भाइरसलाई सजिल्यै परास्त गर्न सकिन्छ ।
यसका लागि हाम्रो भान्सामा उपलब्ध हुने खानेकुराहरूको उपयोग गर्नुपर्छ ।
च्याउ
च्याउमा भिटामिन डी लगायत थुप्रै पोषक तत्वहरु हुन्छन् । रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा च्याउ मिसाउ स्वास्थ्यको लागि फाइदा हुन्छ ।
पुदीना
पुदीनाको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइने भएकाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
नरिवलको तेल
खाना बनाउन प्रयोग गरिने तेलहरुको सट्टामा नरिवलको तेलको प्रयोग गर्नाले शरीरलाई फाइदा पुग्नुका साथै विभिन्न रोगसँग लड्न मजबुत बनाउँछ ।
पालक
पालकलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खान मिल्छ । यसमा आइरन, भिटामिन र फाइबर पाइने भएकाले रोग प्रतिरोधात्मक क्षमतामा बिकास गर्छ ।
ब्रोकाउली
ब्रोकाउलीलाई सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न मिल्छ । यसमा भिटामिन, एन्टि अक्सिडेन्ट जस्ता गुणहरू पाइन्छन् । यसले शरीरलाई मजबुत बनाउँछ ।















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया