एमालेभित्रको मिलाप
ओली-नेपाल आज पनि भेट्दै, कार्यदल बनाउने तयारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले भित्रको मिलापका लागि प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल वीच आज पनि भेटवार्ता हुादैछ । दुई दिन यताको लगातार दुई नेता र दुई पक्षिय दोस्रो तहका नेतासहितको सम्वादले एमालेभित्रको अन्तरसंर्घष साघुरयाउने र विवाद मिल्ने दिशामा गएपछि प्रधानमन्त्री ओली र वरिष्ठ नेताका वीचमा आज पनि भेटवार्ता हुन लागेको हो ।
भेटवार्ता साझतिर मात्र हुने भएको छ । भेट पछि विवाद मिलाउनका लागि कार्यदल गठन हुनेछ । शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा भएको दुई पक्षिय नेताहरुको भेटवार्तापछि कार्यदल गठन गर्ने जिम्मा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाललाई दिईएको थियो ।
कार्यदल मोटामोटी १० सदस्य बनाउने समझदारीमा दुवै पक्ष पुगेका छन् । शुरुमा प्रधानमन्त्री ओलीले अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय कार्यादल बनाउने प्रस्ताव गरेपनि नेता नेपालले अलिक ठूलो संख्यामा कार्यदल बनाउने प्रस्ताव गरेका थिए ।
त्यसपछि नेताहरुका वीचमा कम्तीमा दुवै तर्फका नेताहरु समेटेर १० सदस्यीय सम्म कार्यदल बनाउने समझदारी बनेको थियो ।
सोही समझदारीका आधारमा दुवै नेताले आज आ-आफनो टिममा सामान्य परामर्शका आधारमा कार्यदलमा रहने नेताहरुको नाम टुंग्गो लगाउने बताईएको छ ।
नेपाल पक्षका नेता घनश्याम भुसालले मेरो न्यूजसगको कुराकानीमा भने, -हिजो हामीले कार्यदल बनाउन प्रधानमन्त्री एवंम अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाललाई जिम्मा दिएका छौं, उहाँहरुले आज बैठक बसेर कार्यदलमा रहनुहुने साथीहरुको नाम टुंग्गो लगाउनुहुनेछ ।’
सर्वाेच्च अदालतले फागुन २३ मा तत्कालिन नेकपाको एकता बदर गदै एमाले र माओवादी केन्द्र नै ब्यूताईदिने निर्णय गरेपछि संगठनात्मक संरचना कुन अवस्थाकोलाई मान्ने भन्नेमा ओली र नेपाल पक्षका वीचमा विवाद देखिएको थियो ।
प्रधानमन्त्री ओलीले शुरुमा अहिले जुन अवस्थामा पुगिएको छ, त्यसैलाई मान्नुपर्ने र नेपाल पक्षले माओवादी केन्द्रसाग एकता गर्नु अघिल्लो दिन अर्थात २०७५ जेठ २ गतेको दिनको संगठनात्मक संरचनालाई मानेर अगाडी जानुपर्ने अडान लिएका कारण विवाद जन्मिएको थियो । तर विहिवार ओली र नेपालका वीचमा ब्यवसायी रामेश्वर थापाको निवासमा भएको छलफलपछि जेठ २ को आसपास कै संरचनालाई मानेर जाने, त्यसपछिका विषयमा कार्यदलले दिने रिपोर्टका आधारमा निर्णय लिने समझदारी बनेपछि एमालेमा मिलापको विकास भएको हो ।
अव एमालेमा संगठनात्मक संरचना २०७५ जेठ २ अघिकै कायम गर्ने र त्यसका प्रक्रिया मिलाउन कार्यदल बन्न लागेको हो ।
नेपाल पक्षले ओलीसाग पछिल्लो दिन विकसित भएको सम्वाद र एमालेमा देखिन लागेको मिलापका विषयमा दुई दिन यता आफु निकटका केन्द्रीय सदस्यहरुको पनि सुझाव लिईरहेको छ । हिजो देखि भर्चुअलमार्फत नेताहरुको सुझाव नेता नेपालले लिईरहेका छन् ।
आज पनि नेपाल पक्षका केन्द्रीय सदसयहरुको भर्चुअल छलफल जारी नै छ । हिजो सुझाव दिन बाकी केन्द्रीय नेताहरुले धारणा राखेपछि नेता नेपालले ओलीसँग सम्वाद गर्नेछन् । त्यसपछि कार्यदल सदस्यहरुको टुग्गो लाग्नेछ ।
नेपाल पक्षले २०७५ जेठ २ को एमालेकालीन स्थायी कमिटी बैठक बसेर सम्पूर्ण विवाद मिलाउने, प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुअघि नै सबै विवाद र समस्या समाधान गरिनुपर्ने, वार्तामा सहभागी नेताहरूले मत नबाझिने गरी आफ्नो राय प्रस्तुत गर्नुपर्नेलगायतका शर्त ओलीसाग हिजोको सम्वादमा राखेको थियो ।
अब बादल लगायतका नेताहरुको एमालेमा प्राप्त जिम्मेवारीमा नेपाल पक्ष लचिलो बन्ने, नेकपाको एकताको बेलाको स्थायी समितिलाई मान्यता दिएर जाने जस्ता विषयमा नेपालपक्ष तयार देखिएको छ ।
तर नेपाल पक्षले पार्टीको पदाधिकारीका विषयमा के गर्ने भन्नेमा प्रश्न उठाईरहेको छ । यसमा ओली पक्षले कार्यदलले दिने रिपोर्टलाई आधार बनाएर छलफल गर्ने बताईरहेको छ ।
कार्यदलमा ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल , नेपाल पक्षबाट घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम रावल लगायतका नेता रहने सम्भावना अधिक छ । टोलीमा माओवादी छोडेर एमालेमा आएका नेताहरुबाट पनि सदस्य राख्ने गरी कार्यदल टुग्गिने सम्भावना रहेको नेताहरुको भनाई छ ।
आज दुई नेताको छलफलमा कार्यदल गठनमा पूर्णता पाउने वित्तिकै कार्यदलले काम थाल्नेछ । यसले निश्चित दिनको समयसिमा भित्र काम सकेर एमालेभित्रको विवाद मिलाउने समझदारी दुई नेताका वीचमा बनेको एमाले नेताहरुको भनाई छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया