दिल्लीमा १५ दिनमै बन्यो ५ सय आईसीयू बेडको कोरोना अस्पताल

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)को बढ्दो प्रकोपलाई मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले १५ दिनमा २५० शय्याको अस्पताल निमार्ण गरेका छन् ।
कोरोनाको नयाँ भेरियन्टका कारण दिल्लीमा संक्रमितको संख्या बढिरहेको छ भने गम्भीर बिरामीका लागि आइसियू बेड र अक्सिजनको अभाव भइरहेको छ । आइसियू बेडको अभाव कम गर्न दिल्लीस्थित राम लिला मैदानमा ५ सय आइसियू बेडको स्थापना गरिएको हो ।
निमार्ण गरिएका मध्ये हाल २५० शय्या प्रयोग गर्न मिल्ने छ । बाँकीका शय्या प्रयोगमा आउने समेत उनले प्रतिज्ञा गरेका छन् । ‘युद्ध स्तरमा २४ सैँ घण्टा काम गरेर १५ दिनमै ५ सय आइसियू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा म कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गर्न चाहन्छु,’ भन्दै कोरोना अस्पताल निर्माण गरेको केजरिवालले शुक्रबार ट्वीटरमार्फत जानकारी दिएका छन् ।
यसबाहेक केजरीवालले गत मंगलबारदेखि गुरु तेजबहादुर अस्पतालमा थप ५ सय आईसीयू बेड सञ्चालनमा ल्याइएका छन् ।

https://twitter.com/ArvindKejriwal/status/











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया