जसपाका संसदीय दलको नेता चयनमा विवाद, दुई पक्षको आआफ्नै दाबी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले औपचारिक बैठक नबसी प्रक्रिया बेगर संसदीय दलको नेता चयन गर्न नमिल्ने बताएको छ । सो समूहको कार्यकारिणी परिषद्को बैठकले नयाँ संसदीय दलको नेता चयनको विषय अमान्य भएको पनि बताएको छ ।
पार्टी कार्यालय बालकुमारीमा बसेको समूहको कार्यकारिणी परिषदको अनौपचारिक बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको चयन गरेको विषयमा औपचारिक जानकारी नभएको र आफूहरूलाई मान्य नभएको बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष डा भट्टराईले बताए । संसदीय दलको विधानको प्रक्रिया पूरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गर्न नमिल्ने भट्टराईले बताए ।
नेता चयनबारेमा दुवै पक्षले सहमति गर्नुपर्ने अहिलेको व्यवस्था रहेको उनले बताए । यस विषयमा छिट्टै कार्यकारिणी बैठक बसेर छलफल गरिने भट्टराईको भनाइ थियो ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदहरूले बिहीबार महतोलाई संसदीय दलको नेता चयन गरेको सार्वजनिक भएको थियो । संसदीय दलको नेता चयनमा २० जना सांसदको सहमति रहेको ठाकुर–महतो पक्षको दाबी छ ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
प्रतिक्रिया