जसपाका संसदीय दलको नेता चयनमा विवाद, दुई पक्षको आआफ्नै दाबी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले औपचारिक बैठक नबसी प्रक्रिया बेगर संसदीय दलको नेता चयन गर्न नमिल्ने बताएको छ । सो समूहको कार्यकारिणी परिषद्को बैठकले नयाँ संसदीय दलको नेता चयनको विषय अमान्य भएको पनि बताएको छ ।
पार्टी कार्यालय बालकुमारीमा बसेको समूहको कार्यकारिणी परिषदको अनौपचारिक बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको चयन गरेको विषयमा औपचारिक जानकारी नभएको र आफूहरूलाई मान्य नभएको बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष डा भट्टराईले बताए । संसदीय दलको विधानको प्रक्रिया पूरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गर्न नमिल्ने भट्टराईले बताए ।
नेता चयनबारेमा दुवै पक्षले सहमति गर्नुपर्ने अहिलेको व्यवस्था रहेको उनले बताए । यस विषयमा छिट्टै कार्यकारिणी बैठक बसेर छलफल गरिने भट्टराईको भनाइ थियो ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदहरूले बिहीबार महतोलाई संसदीय दलको नेता चयन गरेको सार्वजनिक भएको थियो । संसदीय दलको नेता चयनमा २० जना सांसदको सहमति रहेको ठाकुर–महतो पक्षको दाबी छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया