कांग्रेसले जुममार्फत सातै प्रदेशमा कोभिडको अवस्थाबारे अन्तर्क्रिया गर्दै

काठमाडौं । नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिको आयोजनामा ‘कोभिड—१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम हुने भएको छ। कांग्रेसले जुममार्फत आज सातै प्रदेशमा कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा तथा विशिष्ट अतिथिका रुपमा नेता रामचन्द्र पौडेल रहने बताइएको छ।
आइतबार, सोमबार र मंगलबार सबै प्रदेशका लागि फरक फरक समय निर्धारण गरी कार्यक्रम राखिएको कार्यक्रमको संयोजन गरिरहेका कांग्रेसका सहमहामन्त्री एवम् अनुगमन समितिका संयोजक डा.प्रकाशसरण महतले जानकारी दिए ।
कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसद, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ/ नगरपालिका कार्यसमितिका सभापति लगायतको सहभागिता रहने बताइएको छ ।कांग्रेसका सचिव प्रेम केसीका अनुसार आइतबार विहान १० बजेदेखि सुदुरपश्चिम र कर्णाली प्रदेश र अपरान्ह ४ बजेदेखि लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाको सहभागितामा छलफल कार्यक्रम हुनेछ । यस्तै, सोमबार विहान १० बजेदेखि गण्डकी प्रदेश, अपरान्ह ४ बजेदेखि बाग्मती प्रदेश, मंगलबार विहान १० बजेदेखि प्रदेश नं. २ र अपरान्ह ४ बजेदेखि प्रदेश नं. १ भित्रका जिल्लाहरुको सहभागितामा कार्यक्रम हुनेछ ।











रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया