कोरोना बिरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

काठमाडौं । कोरोना भाइरसबिरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज दिन सुरु गरिएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म निर्धारित केन्द्रबाट खोप लगाइन सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन सुरु गरिएको महानगरको जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताए ।
गत चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन सुरु गरिएको उनले जानकारी दिए ।
भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले एक वडा एउटा खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा दुईजना खोपकर्ता र एकजना खोपकर्ता बराबर तीनजना स्वयंसेवक परिचालन गरिएको जनाएको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र यही जेठ ११ गतेसम्म खोप लगाउन सकिने छ । तर चैत २५ पछि खोप लगाए पनि संक्रमण भएका र अहिले कोरोनाको लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेलको दोस्रो डोज खोप तत्काल नदिइने महानगरले जनाएको छ ।
















सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया