कोरोना बिरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

काठमाडौं । कोरोना भाइरसबिरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज दिन सुरु गरिएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म निर्धारित केन्द्रबाट खोप लगाइन सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन सुरु गरिएको महानगरको जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताए ।
गत चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन सुरु गरिएको उनले जानकारी दिए ।
भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले एक वडा एउटा खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा दुईजना खोपकर्ता र एकजना खोपकर्ता बराबर तीनजना स्वयंसेवक परिचालन गरिएको जनाएको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र यही जेठ ११ गतेसम्म खोप लगाउन सकिने छ । तर चैत २५ पछि खोप लगाए पनि संक्रमण भएका र अहिले कोरोनाको लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेलको दोस्रो डोज खोप तत्काल नदिइने महानगरले जनाएको छ ।














आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया