खोटाङबाट अवैध हातहतियारसहित ४ जना पक्राउ

काठमाडाैं । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा अवैध सामान सहित ४ जना पक्राउ परेका छन् ।
शनिबार राति प्रहरीले हलेसी तुवाचुङ-११ बस्नेहरु ४२ वर्षीय डम्बर बहादुर कार्की, ३५ वर्षीय द्रोण कुमार कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बहादुर बिकलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टालीले उनीहरुको घर तलासी गर्दा विभिन्न हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको साथबाट १ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, ३९ बट्टा सलाई, २५ ग्राम गन्धक, १ किलो ६ सय ८० ग्राम सोडा, भरुवा बन्दुकमा प्रयोग हुने फलामको धातुको छर्रा, सिङ सहितको मृगको टाउको, जंगली जनावर सालकको ४ सय ८० ग्राम खबेटा, द्रोण कुमारको घरबाट १ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा प्रहरीले बरामद गरेको हो ।
त्यस्तै १ किलो २ सय ग्राम सोडा, ४० ग्राम गन्धक, रबिन्द्रको घरबाट १ थान भरुवा बन्दुक, ५० ग्राम फलामको छर्रा र कृष्ण बहादुरको घरबाट बनाउँदै गरेको बन्दुकको १ थान बट, भरुवा बन्दुकको नाल जस्तो देखिने ५ थान फलामको पाईपहरु, भरुवा बन्दुकको गज जस्तो देखिने १ थान फलामको रड, बन्दुक बनाउने फलामको छिनो, रेती समेतका औजार र सामग्रीहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिए ।
यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया