पार्टीको जिम्मेवार नेताहरू हठ र दम्भबाट मुक्त हुनु : बामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका उपध्याक्ष बामदेव गौतमले पार्टीको जिम्मेवार पदमा बसेका नेताहरूलाई आफ्नो हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन आग्रह गरेका छन् । उनले मदन भण्डारी र जिवराज आश्रितको स्मृति दिवसमा यस्तो बताएका हुन् ।
यस्तै गौतमले पार्टीको सबै नेता कार्यकर्ताहरूमा नेकपा एमालेसहित वृहत् वाम एकतामार्फत नेता भण्डारी र आश्रितको मार्ग दर्शनलाई सार्थक बनाउने पर्ने बताए । ‘म आजका दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ताहरुमा नेकपा (एमाले)सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु,’ उनले भने, ‘यस निम्ति आ-आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरू मुक्त हुन आग्रह गर्दछु ।’
यस्तै उनले आफू अहिले पनि भण्डारी र आश्रितले निर्माण गरेको समाजवादको बाटोमा हिँडिरहेको बताए । उनले मदन र आश्रितको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु भए पनि उनीहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया