यी हुन् निषेधाज्ञा नभएका ३ जिल्ला, संक्रमित दर कति ?

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा बढेसँगै देशका ७४ जिल्लाहरुूमा निषेधाज्ञा लागु गरिएको छ । देशभरका ६९ जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा लागु हुँदै आएको छ । यसैबीच सरकारले तोकेको भन्दा न्युन संक्रमित भएकाले खोटाङ, मनाङ र तेह्रथुममा निषेधाज्ञा लागु भएको छैन ।
देशभर कोरोना संक्रमितको दरको अवस्था जटिल बन्दै गए पनि यी ३ जिल्लाहरूमा भने कोरोनाको खासै प्रभाव खासै देखिएको छैन ।
संक्रमित दर कति ?
हालसम्म मनाङ जिल्लाभर ३६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । यस्तै, खोटाङमा ११९ जना र तेह्रथुममा ५९ सक्रिय संक्रमित रहेका छन् ।
सबैभन्दा कम संक्रिय कोरोना संक्रमित भएको मनाङमा जिल्ला प्रवेश गर्ने नाकाहरूमा हेल्थ डेस्क र उच्च सुरक्षाको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय खोटाङका अनुसार हालसम्म ११९ जनामा कोरोना पुष्टि भए पनि ९ जना निको भएर घर फर्किसकेका छन् । सम्बन्धित स्थानीय निकायसँग १५ दिन अनिवार्य क्वारेन्टाइन बस्ने सहमति भए मात्र जिल्ला प्रवेश गर्ने प्रावधान बनाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिए ।
तेह्रथुमको जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर ५९ जनामा मात्रै सक्रिय संक्रमितहरू छन् । जिल्ला प्रशासन कार्यालयले सरकारले तोकेको २ सय सक्रिय संक्रमित नपुगेकाले निषेधाज्ञा नगरिएको जनाएको छ ।
गृह मन्त्रालयका अनुसार आंशिक निषेधाज्ञा रहेको जिल्लाहरू काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।
मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय कोरोनाका संक्रमित पुगेपछि निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो । सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया