कोरोना महामारीको अन्त्य तत्काल हुँदैनः डब्लुएचओ

जेनेभा । कोरोना खोप खरिद गरी लगाउन नसकेका देशमा संक्रमण दर बढिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।
संगठनका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा कोरोनाविरुद्धको खोप उत्पादन र खरिदमा सक्रियता देखाएका देशहरुमा संक्रमणको दर न्यून हुँदै गएको बताएका छन् ।
भाइरसको नयाँ भेरियन्ट, कमजोर स्वास्थ्य प्रणाली, सार्वजनिक स्वास्थ्यका उपाय अवलम्वनमा ढिलाइ, अक्सिजनको अभाव र खोपको अभावमा संक्रमणको जोखिम नाटकीय रुपमा वृद्धि भएको उनको भनाई छ । कोरोना महामारीको अन्त्य तत्काल नहुने समेत उनले दाबी गरे ।
कोरोना नियन्त्रणमा लिन सफल भएका देशमा पनि अहिले संक्रमण पुष्टि हुने, अस्पतालमा बिरामी भर्ना र मृत्युको संख्या नाटकीय रुपमा वृद्धि भएको उनले जानकारी दिए ।
संगठनले गरिब र धनी देशहरुको बीचमा कोरोनाको प्रभाव स्पष्ट रुपमा छुट्टिन थालेको बताउँदै आएको छ ।
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया