ओली र नेपाल पक्षबीच कार्यदलको बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ४ गते १२:२८

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको कार्यदलको बैठक बस्ने भएको छ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने पार्टीको अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा गत २ जेठ ओली पक्ष र नेता माधव नेपाल पक्षबाट बनेको कार्यदलको यो पहिलो बैठक हो । नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।
‘कार्यदलको बैठक आज ३ बजे बस्ने भएको छ, तर के विषयमा छलफल हुने भन्ने यकिन हुन सकेको छैन,’ नेम्वाङले भने । गत ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ ।
त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति जुटेसँगै कार्यदलको बनेको हो ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया