कांग्रेसले बोलायो कार्य समिति बैठक, बजेट अधिवेशन बोलाउन माग गर्ने
मेरोन्यूज
२०७८ जेठ ४ गते १३:०१

काठमाडौँ । नेपाली कांग्रेसले बुधबार संसदीय दल कार्यसमिति बैठक बोलाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो साढे २ बजे बैठक बोलाइएको जानकारी दिए ।
सरकारले अहिलेसम्म बजेट अधिवेशन आह्वान नगरेको, कोभिड–१९ महामारीमा पनि जनताको जीवनरक्षा गर्ने खालका काम गर्न नसकेको विषयमा छलफल गर्न कांग्रेसले दलको कार्यसमिति बैठक बोलाएको हो ।
बैठकबाट तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरिने कांग्रेसका एक सांसदले बताए । संविधानमा १५ जेठमा सरकारले आर्थिक वर्षके बजेट संसदमा पेस गर्नु पर्ने व्यवस्था छ ।
बजेट पेस गर्नुअघि प्रि बजेट छलफल र सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गर्नु पर्छ ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया