सहयोग माग्न नेता नेपाल निवास पुगे गृहमन्त्री बादल

काठमाडौँ । गृह मन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका नेता माधव कुमार नेपालको निवासमा पुगेका छन् । आगामी बिहीबार हुने उप निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रहका लागि नेता नेपालको निवास कोटेश्वर पुगेका हुन् ।
बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले गृह मन्त्रीसमेत रहेका बादललाई उम्मेदवार बनाएको छ । प्रदेश ३ को राजधानी हेटौंडामा हुने उप निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेका नेता नेपालको गठबन्धनमा कलम चिह्नमा डा खिमलाल देवकोटा उम्मेदवार बनेका थिए ।
तर, पछिल्लाे समय नेपाल समूह कांग्रेस र माओवादीको गठबन्धनबाट बाहिरिसकेको छ । नेपाल समूहको मत आफ्नो पक्षमा पार्न सुनिश्चितताका लागि बादल नेता नेपाल निवास पुगेका हुन् ।
निर्वाचनको दिन नजिकिँदै गर्दा नेता नेपालसँग मत माग्न मन्त्री बादल उनको निवास पुगेका हुन् । यसअघि एमालले बादलको पक्षमा मतदान गर्न सोमबार पार्टीमा ह्वीप जारी गरिसकेको छ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको आधिकारिक उम्मेदवार बादललाई मत दिन सर्कुलर जारी गरेका हुन् ।
दुई नेताबीच पछिल्लो चरण एमालेभित्र देखिएकाे विवाद समाधानको विषयमा केन्द्रीत रहेर छलफल हुने समेत बताइएको छ । यसअघि बादलको पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन अध्यक्षबीच सहमति भइसकेको छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया