नेपालसँग भेटेर बादलले भने : वार्ता सकारात्मक भयो

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेका नेता माधव कुमार नेपालसँगको वार्ता सकारात्मक भएको बताएका छन् । मंगलबार नेता नेपालको निवास कोटेश्वर पुगेका बादलले वार्ता सफल भएको बताएका हुन् ।
आगामी बिहीबार हुने राष्ट्रिय सभाको उप निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गर्नका लागि बादल नेता नेपाल निवास पुगेका थिए । उनले भने, ‘उहाँसँग भएको वार्ता सफल भएको छ । पार्टीको विवाद समाधान गर्न र आगामी उप निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।’
बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले गृहमन्त्री बादललाई उम्मेदवार बनाएको छ । प्रदेश ३ को राजधानी हेटौंडामा हुने उप निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेका नेता नेपालको गठबन्धनमा कलम चिह्नमा डा खिमलाल देवकोटा उम्मेदवार बनेका थिए । नेपाल समूहको मत आफ्नो पक्षमा सुनिश्चित गर्न बादल नेता नेपाल निवास पुगेका थिए ।
यो पनि पढ्नुहोस्
सहयोग माग्न नेता नेपाल निवास पुगे गृहमन्त्री बादल
















कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया