एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

काठमाडौँ । हेटौंडा उपमहानगरपालिका १ बाट ना।२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको एक क्विन्टल अवैध लागू औषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सोमबार प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका ५ बस्ने ४९ वर्षीय आइते बहादुर ठाडामगर, मकवानपुर भिमफेदी गाउँपालिका ९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका १० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।
नामटारबाट हेटौंडातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको हुटमा फल्स बनाई १७ वटा पोकामा गाँजा लुकाएर ल्याएको फेला परेको हो । प्रहरीले सुरूमा ट्रक र चालक मगरलाई पक्राउ गरेको थियो ।
पछि प्रारम्भिक अनुसन्धानको क्रममा गाँजा ओसार पसारमा संलग्न राज कुमार र सुबिनलाई समेत भिमफेदी नगरपालिका १ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया