विश्वकप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौँ । फिफा विश्वकप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले मंगलबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टिममा १३ खेलाडी परिवर्तन भएका छन् ।
नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङसँग विशाल सुनार र दीप कार्की रहेका छन् । डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास रहनेछन् । यस्तैमिडफिल्डरहरुमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान समटिएका छन् । फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा परेका छन् ।
नेपालले तीन वटा विश्वकप छनोटका खेलहरु खेल्नेछ । नेपालले जुन ३ मा चाइनिज ताइई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । यो भन्दा अगाडि नेपालले मे २९ मा इराकसँग बास्रा इन्टरनेशनल स्टेडियममा मैत्रीपूर्ण खेल खेल्नेछ ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया