राष्ट्रिय सभा उपनिर्वाचन
माधव नेपाल समूहले भन्यो,– बादललाई मतदान गर्ने सहमति भएको छैन
मतदाताले स्वविवेक प्रयोग गर्ने

काठमाडौं । नेकपा (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले यही जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा (बादल) लाई मतदान गर्ने कुनै सहमति नभएको प्रष्ट पारेको छ ।
आज राष्ट्रिय सभाका उम्मेद्वार एवं गृहमन्त्री थापा र नेता नेपालबीचको भेटवार्तापछि नेपाल समूहले पनि थापालाई नै मतदान गर्ने सहमति भएको दाबी गरिएको थियो ।
आज साँझ नेता नेपालको सचिवालयले प्रेस नोट जारी गर्दै थापालाई मतदान गर्ने कुनै सहमति नभएको जनाएको हो । भेटमा नेता नेपालले डा खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाइएकाले अहिले अन्यथा गर्न नसकिने थापालाई बताएको सचिवालयले जनाएको छ ।
उनको सचिवालयले जारी गरेको नोटः
आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा। खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।
मोहन गौतम
पूर्वप्रधानमन्त्री मा. माधवकुमार नेपालको सचिवालय
२०७८ जेष्ठ ४ गते


















प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया