रातो मच्छिन्द्रनाथको रथारोहण भोलि

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार हुने भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ ।
हाल पुल्चोकमा रथ निर्माण भइरहेको छ । रथ निर्माण अन्तिम चरणमा पुगेको रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालले जनाएको छ । ञँवालका नाइके प्रेम महर्जनका अनुसार शनिबार (भोलि)सम्म रथ निर्माण सम्पन्न गरी पात्रोअनुसार बेलुकासम्म रथारोहण गरिनेछ ।
‘परम्पराअनुसार रथ तयार भएपछि यसको टुप्पामा गजुर (ब्यामो) राखिन्छ, जुन रथ निर्माण सम्पन्न भएको संकेत मानिन्छ’, उनले भने ।
गजुर राखेपछि ललितपुरस्थित मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुल्चोकमा ल्याइनेछ । मूर्ति ल्याउने क्रममा गजुरको पल्टनसहित रातो मच्छिन्द्रनाथका पूजारी जलपानेजु र खलपानेजुको सक्रिय सहभागिता रहन्छ ।
मन्छिन्द्रनाथको मूर्तिलाई पूजा गरी रथमा चढाइन्छ । रथारोहण सम्पन्न भएपछि पात्रोको तिथिअनुसार ८ वैशाख बेलुका रथ तान्ने कार्यक्रम रहेको ञँवालका नाइके महर्जनले जानकारी दिए ।
उनका अनुसार सोही दिन रथलाई गा: बहाल पुर्याइनेछ । रातो मच्छिन्द्रनाथ जात्रा उपत्यकाको सबैभन्दा लामो समयसम्म सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ । प्रत्येक वर्ष श्रद्धा र उत्साहका साथ मनाइने यस जात्राले स्थानीय समुदायमा विशेष महत्त्व राख्दै आएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया