काठमाडौं उपत्यकामा कहाँ-कहाँ हुँदैछ एन्टिजेन परीक्षण ?

काठमाडौं । काठमाडौं उपत्यकामै कोरोना संक्रमितको संख्या अध्याधिक बढ्न थालेको र नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको बेला काठमाडौं महानगरपालिकाले भीडभाड बढी हुने स्थानमा एन्टिजेन परीक्षण शुरु गरेको छ ।
कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । मङ्गलबार कालीमाटी तरकारी बजारमा एन्टिजन परीक्षण गरेको महानगरपालिकाले आज टुकुचाको तरकारी बजारमा परीक्षण गर्ने योजना बनाएको छ ।
काठमाडौं उपत्यकाभित्रै १० हजार जनामा एन्टिजेन परीक्षण गर्ने तयारी छ ।
स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा यस्तो परीक्षण शुरु गरिएको हो । धेरै सङ्क्रमित भएका काठमाडौंको असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने भएको छ । त्यस्तै, भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुन लागेको छ ।
हिजो कालीमाटीको तरकारी बजारमा गरेको एन्टिजेन परीक्षण ४०२ जनामा गर्दा १२ जनामा कोभिड पोजिटिभ देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
कामपा स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार, परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न तथा निगरानी गर्न सहज हुने गरी एन्टिजेन परीक्षण शुरु गरिएको हो ।
उनका अनुसार महानगरले पिसिआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको कुंबरले जानकारी दिए ।
कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया