काठमाडौं उपत्यकामा कहाँ-कहाँ हुँदैछ एन्टिजेन परीक्षण ?

काठमाडौं । काठमाडौं उपत्यकामै कोरोना संक्रमितको संख्या अध्याधिक बढ्न थालेको र नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको बेला काठमाडौं महानगरपालिकाले भीडभाड बढी हुने स्थानमा एन्टिजेन परीक्षण शुरु गरेको छ ।
कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । मङ्गलबार कालीमाटी तरकारी बजारमा एन्टिजन परीक्षण गरेको महानगरपालिकाले आज टुकुचाको तरकारी बजारमा परीक्षण गर्ने योजना बनाएको छ ।
काठमाडौं उपत्यकाभित्रै १० हजार जनामा एन्टिजेन परीक्षण गर्ने तयारी छ ।
स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा यस्तो परीक्षण शुरु गरिएको हो । धेरै सङ्क्रमित भएका काठमाडौंको असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने भएको छ । त्यस्तै, भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुन लागेको छ ।
हिजो कालीमाटीको तरकारी बजारमा गरेको एन्टिजेन परीक्षण ४०२ जनामा गर्दा १२ जनामा कोभिड पोजिटिभ देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
कामपा स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार, परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न तथा निगरानी गर्न सहज हुने गरी एन्टिजेन परीक्षण शुरु गरिएको हो ।
उनका अनुसार महानगरले पिसिआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको कुंबरले जानकारी दिए ।
कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया