भूकम्पले लमजुङमा केही घर भत्किए, केही घाइते
लमजुङका प्रमुख जिल्ला अधिकारी भन्छन् : क्षतिको विवरण संकलन कार्य जारी छ

बेंसीसहर । लमजुङको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर विहानै गएको भूकम्पका कारण यस क्षेत्रका केही घर भत्किएको छ भने केही मानिसहरु घाइते भएको पारम्भिक सूचना प्राप्त भएको छ ।
बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पले बेंसीसहर नगरपालिका–६ चनौटे का केही घरमा क्षति पुगेको छ । मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ यकिन विवरण संकलन कार्य थालिएको बताए । भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको र कही स्थानिय घाइते भएको समेत उनले बताए ।
घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएकी छिन् । दुवै घाइतेको लमजुङ जिल्ला अस्पतालमा उपचार शुरु गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा मा पनि गोविन्द अधिकारी घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले क्षतिको यकिन विवरण संकलन कार्य थालिएको र आउन वाकी रहेको बताए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया