भारतले भन्यो-पुस अघि कोरोना खोप दिन सक्दैनौं
काठमाडौं । नेपालले भारतसँग खरिद गरेको कोरोना विरुद्धको खोप भारतले पुस अगाडी दिन नसक्ने बताएको छ ।
नेपालले सिरमबाट २० लाख खोप खरिद गरेको थियो । यसको लागि भुक्तानी समेत गरिसकेको नेपालले खरिद गरेको १० लाख डोज खोप अझै पाउन सकेको छैन । तर सिरमले पुसअघि खोप दिन नसक्ने बताएको हो ।
८ महिनापछि मात्र खोप दिने भारतको त्यस्तो तयारीबाट नेपालीहरु अझै ८ महिना भारतको खोप आउने आसमा वस्नुपर्ने अवस्था निम्तेको छ ।
रोयटर्स समाचार सस्थाले सिरम इन्स्टिच्युटका अधिकारीहरुलाई उद्धत गर्दै लेखेको समाचारमा पुस अगाडी नेपाललाई खोप दिन नसक्ने उल्लेख छ ।
भारतमा दोश्रो चरणको कारोना महामारी फैलिएसँगै त्यहाँको सरकारले खोप निर्यातमाथि प्रतिबन्ध लगाएको छ।
‘भारतीय जनताको जीवनको मूल्यमा हामीले खोपको निर्यात कहिले पनि गर्ने छैनौँ भनेर दोहोर्याउन चाहन्छौँ। देशको खोप लगाउने अभियानमा गर्नुपर्ने सबै कुरा गर्न हामी प्रतिवद्ध रहेका छौ’ सिरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ। कोरोना संक्रमणितको संख्या बढेपछि भारतले एक महिनाअघि नै खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसअघि भारतले ६ करोड ६० लाख डोज खोप विभिन्न देशलाई बिक्री तथा अनुदानमा दिएको थियो।
नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, सिरमबाट खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ। हालसम्म २८ लाख ४० हजार डोज खोप लगाइएको छ। जसमा ७ लाख २८ हजारले दुबै डोज लगाएका छन्।
भारतले खोप पुस अगाडी नदिने बताएपछि खोपको आसमा बसेका नेपालीहरु प्रभावित हुने भएका छन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया