राष्ट्रियसभा उपचुनाव
बादललाई जिताउन ओलीको अपिल (अपिल सहित)
पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय हाम्रो जस्तो पार्टीमा कल्पनाबाहिरको कुरा हो

काठमाडौं । राष्ट्रियसभाको भोलि हुन लागेको बाग्मति तर्फको उपचुनावमा एमाले तर्फका उम्मेदवार गृहमन्त्री रामवहादुर थापा (बादल)लाई जिताउन प्रधानमन्त्री केपी ओलीले अपिल गरेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार मतदाताका नाममा एक अपिल जारी गदै त्यस्तो आह्रवान गरेका हुन् । ओलीले पार्टीको माधव नेपाल समुहतर्फ लक्षित गदै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय पार्टीमा कल्पना बाहिरको कुरा भएको भन्दै यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै नसक्ने बताएका छन् ।
ओलीले पार्टीको उम्मेदवार बादल भएको भन्दै एकतावद्द भएर निर्वाचनमा उनलाई जिताउन ओलीले आग्रह गरेका हुन् ।
‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीको उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ प्रधानमन्त्र ओलीले हस्ताक्षर गरको पत्रमा भनिएको छ, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ । तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’













प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया