बादललाई मत दिन राप्रपाका मतदातालाई निर्देशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि बिहीबार हुने उप निर्वाचनमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार तथा गृह मन्त्री रामबहादुर थापालाई मतदान गर्न निर्देशन गरेको छ ।
बागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा रिक्त रहेको एक सिटका लागि भोलि उप निर्वाचन हुने भएको हो । यसका लागि एमालेले नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका बादललाई उम्मेदवार बनाएको हो ।
निर्वाचन नजिकिँदै गर्दा राप्रपाले एमालले आफ्नो पक्षको उम्मेदवार बादललाई मतदान गर्न आग्रह भएकाले मत दिने जनाएको छ । पार्टीका केन्द्रीय सचिवालय प्रमुखहरू भास्कर भद्रा र ध्रुब बहादुर प्रधानले हस्ताक्ष गरेको पत्रमा भनिएको छ, ‘नेकपा एमालेका उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लािर्ग एमालेको अनुरोधसहितको पत्र प्राप्त भएको छ । जसले गर्दा सोही निर्णय गरेको छ ।’
यसअघि राप्रपाका तीन जना अध्यक्षहरूले उप निर्वाचनका लागि एमालेका उम्मेदवार बादललाई मतदान गर्ने समझदारी गरेको थियो ।
यस्तै, बादलको विपक्षीमा प्रदेश ३ को राजधानी हेटौंडामा हुने उप निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका नेता माधवकुमार नेपालको गठबन्धनमा कलम चिह्नमा डा खिमलाल देवकोटा उम्मेदवार भएका छन् । यसैगरी, जनमोर्चाले आफ्नै उम्मेदवार उठाएको छ ।

















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया