कोरोनाबाट मृत्यु भए निःशुल्क दाह संस्कार

काठमाडौँ । म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाखयता कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका साथ निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् ।
मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क रुपमा दाहसंस्कार गर्दै आएका हुन् । अहिलेसम्म बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका दुई जना संक्रमितसहित पोखरामा मृत्यु भएर बेनीमा ल्याइएका समेत गरी पाँच वटाको शव बेनीस्थित कालीगण्डकी र म्याग्दी नदीको दोभान रहेको दोबिल्ना घाटमा व्यवस्थापन गरिसकिएको केसीले बताए ।
“पिपिई लगायतका सामग्री रेडक्रसले व्यवस्थापन गरेको छ, हामीले पारिश्रमिक नलिई स्वयमसेविका रुपमा सहयोग गरेका हौँ, जोडरले खाडल खन्नुपर्ने अवस्थामा त्यो खर्च स्थानीय तहले व्यवस्थापन गरिदिनुभएको छ”, केसीले भने ।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया