नेप्से घट्यो, तर कारोबार रकममा नयाँ रेकर्ड
काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज बुधबार १३ दशमलब ९ अंकले घटेको छ । कोरोना भाइरस (कोभिड–१९)को पहिलो र दोस्रो लहरपछि गरिएको निषेधाज्ञाले आज सबैभन्दा बढी प्रभाव पर्यटन तथा होटल क्षेत्र रहेको थियो ।
बुधबार बजारमा तरागाउँ, ओरेन्टल, सोल्टी र चन्द्रागिरि हिल्सको कारोबार भएको छ । सुरुमा केही मिनेट चन्द्रागिरिको मूल्य घटे पनि उकालोको संकेत दिएको थियो । यद्यपि, लगातार उकालो लागेर साताको चौथो दिन बुधबार नेप्से सुचक दोहोरो अंकले घटेको हो ।
बुधबार कूल दुई सय १४ कम्पनीको एक लाख ३२ हजार ३ सय ६९ कारोबारबाट ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४ सय ११ रुपैयाँ बराबरको २ करोड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकम अहिलेसम्मकै सबैभन्दा बढी हो । तसर्थ शेयर बजारमा नेप्से घटे पनि कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।
समता घरेलु लघुवित्तम, रुरु जलविद्युत परियोजना लगायत ५ कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ । हाइड्रोपावर, विकास बैंकलगायत ८ क्षेत्रको समूहगत सूचक घटेको छ । बुधबार नेपाल पुर्नबिमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड ६९ लाख र राष्ट्रिय जीवन बिमा कम्पनीको ४५ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।














पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया