शुक्रबार, वैशाख ५, २०८२

आजको राशिफलः ज्येष्ठ ६ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ ६ गते ६:२७

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको ६ गते बिहीबार, वैशाख शुक्लपक्षको अष्टमी तिथि । आज सीता जयन्ती रहेको छ । अब लागौं आजको राशिफलतर्फ

मेष
अध्ययन अध्यापनमा मन लाग्ने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । बोलीमा केही कडापना बृद्धि भएता पनि प्रभावकारी बोली हुने छ । पेशागत जीवनमा समय शुभ नै छ । आम्दानीमा बृद्धि हुने छ । आफ्नो सुख सुविधा सृजना गर्नका लागि मन केन्द्रित हुने छ । राजनीति, प्रशासन, लेख लेखन, बौद्धिक अभ्यास, इन्जिनियरिङ्ग, उद्योग, कलकारखाना, श्रम बजार, सेवा क्षेत्र, अध्ययन अध्यापन, प्राध्यापन, तालिम प्रदान, केमिकल्स जस्ता क्षेत्रमा सक्रियलाई समय शुभ रहेको छ ।

वृष
समय सकारात्मक देखिन्छ । आत्माबल बलियो देखा पर्ने छ । मेहनति र पराक्रमी स्वाभाब बढ्न जाने छ । सुरोपनामा पनि बृद्धि हुने छ । तर बोलीमा भने निकै रुखोपना देखिने हुँदा यसबारेमा ध्या नदिनु होला । भाग्यको बलियो साथ रहेको छ, जसले गर्दा पेशागत जीवत अनुकुल बन्न जाने छन् । आम्दानीमा पनि बृद्धि हुने छ । नेतृत्व, ब्यवस्थापन, नेतृत्व, राजनीति, पत्रकारिता, बैंक, वित्त, एजेण्टिङ्ग, क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ ।

मिथुन
समय सकारात्मक नदेखिएकाले संयमित भएर पाइला चाल्दा ठिक हुने छ । मनोबल भने उच्च हुने छ । तर रिसाह ब्यक्तित्व देखा पर्ने भएकाले यसबारेमा विचार पु¥याउनु होला । पेशागत जीवनमा सकारात्मक अवस्था रहेता पनि भाग्यको साथ नरहेकाले केही उल्झन तथा आरोप प्रत्यारोप भने सहनु पर्ने छ । पारीवारिक जिम्मेबारी थपिने छ । पाएको भुमिकालाई राम्रोसँग निभाउन नसक्दा आलोचकहरुले आलोचना गर्ने अवसर पाउने छन् । नेतृत्व क्षमतामा अरुले प्रश्न उठाउने छन् ।

कर्कट
आफ्नो मेहनतबाट धन सम्पत्तिमा बृद्धि हुन जाने छ । धन संग्रहमा बृद्धि हुने छ । बोलीमा नरमपना देखिने भएकाले अरुको मन जित्न सकिने छ । परिवारप्रति समर्पित हुने र परिवारप्रति केन्द्रित भएर काम गर्ने स्वाभावमा बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा बादबिबाद हुन जाने छ । दाम्पत्य जीवनमा पनि निराश वातावरण आउने छ । भाग्यको साथ नभएकाले ठिक समयमा ठिक बुद्धि आउने छैन् । स्टेशनरी, पुस्तक प्रकाशन, धार्मिक सामानहरुको कारोवार जस्ता क्षेत्रमा लागेकाहरुलाई समय प्रतिकुल छ । राजनीति र प्रशासनीक क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल रहेको छ ।

सिंह
नरमखाले ब्यक्तित्व भए पनि मनमा दुबिधाले धेरै सताउने छ । मनमा उत्साह नजाग्ने भएकाले शिथिल खाले ब्यक्तित्व देखिने छ । पेशागत जीवनमा भने सकारात्मक समय चलिरहेकाले अबरोधहरु आउने छैनन्, आएका अबरोधहरुलाई समाधान गर्ने तागत प्राप्त हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । सोचेका लक्ष्यहरु पुारा हुनेतर्फ जाने छन् । सेना, प्रहरी, सुरक्षा फौज, सेक्युरेटि क्षेत्र, जलविद्युत, खेल जगत, घर जग्गाको कारोवार ठेक्कापट्टामा सहभागिहरुलाई समय फाइदादायक छ ।

कन्या
आलस्यता बढ्दा मनमा उत्साह र उमङ्गको कमि हुन जाने छ । मनमा दुबिधा अत्याधिक बढ्ने छ । पेशागत जीवनमा आँकलन नै नगरिएका समस्याहरु देखा पर्ने छन् । भाग्यको साथ रहेकाले देखा परेका कठिनाईहरुलाई पार पाउन साथ मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद हुने भएकाले संयम रहनु होला । अस्पतालका सामानको आपूर्ति, सर्जिकल सामानको आपूर्ति, पशुपालन, कृषि, सौन्दर्यका सामान, विलासिताका सामान लगायतको कारोवार गर्नेहरुलाई फाइदा मिल्ने छ ।

तुला
कदर प्राप्त हुने छ भने मानसम्मान पनि प्राप्त हुने छ । थप जिम्मेबारी प्राप्त हुन जाने छ । आफू आबद्ध पेशा तथा ब्यवसायबाट फाइदा मिल्ने छ । परिवारका सदस्यहरुबीच एकअर्कामा नकारात्मक विचारले ठाउँ लिने छ । दुविधाले अलि सताउने छ भने ब्यक्तित्वमा गिरावट आउने छ । नेतृत्व क्षमतामा कमि आउने हुनाले प्राप्त विश्वास कायम राख्न यसबारेमा चनाखो हुनुहोला । सिमेण्ट, डण्डि, श्रम क्षेत्र, श्रम जगत, ढुवानीका सवारीसाधन, उद्योग कलकारखाना आदीमा सहभागिहरुलाई समय सकारात्मक रहेको छ ।

वृश्चिक
भाग्यको साथ रहेकाले पेशागत जीवनमा प्रगति हुने छ । पेशागत जीवनमा देखा पर्ने जोखिमबाट जोगिने देखिन्छ । मनमा दृढताको कमि आउने हुँदा मनोबल कम भएको ब्यक्तित्व देखा पर्ने छ । मनमा भने नकारात्मक विचारले निरन्तर छोड्ने छैन् । साथै शरीरमा शिथिलताले सताउने छ । साझेदारीमा गरिएका कामबाट भने लाभ मिल्ने छ । न्याय क्षेत्र, अध्ययन अध्यापन, प्राध्यापन, राजनीति, प्रशासन, औषधीको कारोवार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।

धनु
पेशागत जीवनमा आउने उतार चढावले मनमा निराशा ल्याउने छ । मनमा पिडा थपिने छ । आफ्नो बाणिका कारण शत्रु बढ्न सक्ने र कटुता समेत बढ्न जाने भएकाले बोलीलाई संयमित बनाउनु होला । साझेदारीमा गरिएका काममा बिबाद हुने भएकाले आफ्नो मात्र कुरा लागू गर्ने भन्दा साझेदारका विचारलाई पनि कदर गर्ने गर्नु होला । आम्दानीको प्रयोगलाई लिएर द्वन्द हुने र सरसापटमा विचार गर्नु पर्ने देखिन्छ । दाम्पत्य जीवनमा असमझदारी हुने भएकाले विचार पु¥याउनु होला ।

मकर
मनमा नरमाईलो लागि रहने हुने छ । जसले गर्दा मनमा खिन्नता आउने हुने छ । एक्लै बस्दा रोउँ रोउँ जस्तो लाग्ने छ । अरुले भनेका स–साना विषयलाई पनि अनावश्यक रुपमा गम्भीर रुपमा लिने गर्दा मनमा बेचैनी हुने छ । बाहिरबाट अरुले हेर्दा भने दृढ खालको ब्यक्तित्व देखिने छ । तर झनक्क झनक्क रिस उठ्ने भएकाले संयमित रहनु होला । पेशागत जीवनमा हल्का स्थिरताका संकेत प्राप्त हुने छ । आम्दानीमा गिरावट आउने छ । दुध, तरल पदार्थ, मदिरा, जल, कोल्ड ड्रिङ्स, आयात निर्यात, लेखा क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल चलेको संयम अपनाउनु होला ।

कुम्भ
बौद्धिक स्तरमा बृद्धि हुने छ । सोच फराकिलो हुने छ भने सहयोगी भावनामा पनि बृद्धि हुने छ । धार्मिक समर्पण बढ्ने छ । साथै ज्ञान विज्ञानको क्षेत्रमा पनि चासो बढ्ने छ । आम्दानीमा हुने बृद्धिले दृढता आउने छ । साझेदारीमा गरिएका काममा देखा परेका समस्या शान्तिपूर्वक सुल्झ्याउनेतर्फ पार्टनरहरुका बीच प्रगति हुने छ । कार्यालय, उद्योग, ब्यवसाय, कलकारखाना आदीमा श्रम समस्या देखा पर्ने छ । यसले उत्पाकत्वमा ह्रास ल्याउने छ ।

मीन
समय प्रतिकुल चलिरहेकाले धैर्यतापूर्वक कदम चाल्नु पर्ने देखिन्छ । एक भन्दा धेरै विचार एकै पटक चल्नाले निर्णय क्षमतामा कमि आउने छ । मनमा दुविधा बढ्ने छ । भाग्यको साथ कम रहेकाले मेहनत ज्यादा तर प्रतिफल कम प्राप्त हुन जाने छ । मेहनत र पराक्रमी स्वाभावमा भने बृद्धि हुने छ । ठेक्कापट्टा तथा मजुदर परिचालन गर्नु पर्ने क्षेत्र तथा धेरै आँटिलो काम गर्ने क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया