सोमबार, वैशाख १४, २०८३

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

मेरोन्यूज २०७८ जेठ ६ गते ११:५१

कास्की । गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ ।

Advertisement
NiccNicc

नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । अहिले सो अस्पतालका ५० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।

प्रतिक्रिया