कोरोना महामारी नियन्त्रणका लागि स्पेनबाट १४ करोड बढीको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । स्पेनले नेपाललाई १० लाख युरो (करिब १४ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त स्वास्थ्य सामग्री बिहीबार(अहिले केही बेरअघि) नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्पेनले पठाएका स्वास्थ्य सामग्रीहरुमा १५ रेस्पिरेटर, १० ओटा अक्सिजन कन्सन्ट्रेटर र त्यसलाई आवश्यक अन्य सामग्री, एक लाख ४४ हजार फेस मास्क तथा एक लाख २५ हजार एन्टिजेन टेस्ट किट रहेको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ ।
बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयसँग टेलिफोन कुराकानी गरेका थिए। उनले नेपाललाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकोमा स्पेन सरकारलाई धन्यवाद दिए।
सामग्री लिएर स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा र अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमान सोही विमानमा नेपाल आउँदै छन् । निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्रीहरु बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गर्दैछन्।









श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु, कयौं बेपत्ता
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया