आइतबार, चैत ८, २०८२

आचार संहिता उलंघन भएको भन्दै प्रधानमन्त्रीविरुद्ध निर्वाचन आयोगमा कांग्रेसको उजुरी

मेरोन्यूज २०७८ जेठ ६ गते १२:४९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बागमति प्रदेश राष्ट्रि सभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन संहिता उल्घन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मत माग्ने वक्तव्य दिएकोमा त्यसको संसदीय दल कार्यसमितिको बैठकले घोर भत्सर्ना गरेको समेत उजुरीमा उल्लेख छ ।

“निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ,” बैठकको निर्णयसहित उजुरीमा भनिएको छ ।

प्रतिक्रिया