सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले समग्र चुनावी समीक्षा गरेर कार्यशैली परिवर्तन गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।
चिन्तन अभियान नेपालले शनिबार बुटवलमा गरेको कार्यक्रममा उनले पछिल्ला तीनवटा निर्वाचनको परिणाम हेर्दा एमाले मात्र नभई पुराना राजनीतिक दलहरुको अवस्था दयनीय बनेको र अझै पनि कार्यशैली परिवर्तन नगर्ने हो भने सामूहिक ‘मलामी’ जाने अवस्थामा पुग्ने बताएका हुन्।
उनले भने, ´एमालेकै कुरा गर्ने हो भने २०७४ सालमा हामीले १७४ सिट जितेर दिग्विजय गर्यौं भन्ने थियो तर, जोगाउन सकेनौं। कम्युनिस्टहरू पहिला ३/४ वटा बसमा आउँथे। ०७९ हुँदा एउटा बसमा आउने भयौं, अहिले एउटा माइक्रो बसमा अट्ने भयौं। यस्तै अवस्था हो भने अर्को पटक स्कुटरमा आउँछ ।,’
उनले कमजोरीप्रति निर्मम बन्नसक्नुपर्ने बताए।उनले भने, ‘कमजोरीप्रति निर्मम बनेपछि मात्रै हामीले सही बाटो पहिल्याउन सक्छौँ। अन्यथा सामूहिक मलामी जाने दिन आउँछ, हेर्दाहेर्दै’
´हामीले संविधानमै कुनै पनि दलको अध्यक्ष/सभापति वा प्रधानमन्त्री दुइपटक भन्दा बढि हुन नपाउने व्यवस्था गर्न नसक्नु ठूलो कमजोरी भयो,’ पाण्डेले भने।
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया