फेसबुकका उपाध्यक्षले दिए राजीनामा

काठमाडौं । फेसबुकले यही वर्ष स्मार्ट चश्मा बजारमा ल्याउने गरी काम गरिरहेको छ । तर, स्मार्ट चश्मा विभाग हेर्ने उपाध्यक्षले राजीनामा दिएका छन् ।
फेसबुकको अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी इकाइ हेर्ने उपाध्यक्ष ह्युगो बार्राले फेसबुक कम्पनी छाड्न लागेको बताएका छन् । उनले चार वर्ष अगाडि शाओमी छाडेर फेसबुकमा जागिर गरेका थिए । आफ्नो फेसबुकमा लेख्दै उनले, “स्वास्थ्यको क्षेत्रमा नयाँ अन्वेषण गर्न फेसबुक छाड्न लागेको बताए ।”
फेसबुक टिमले छोटो समयमा ओकुलस गो, क्वेस्ट, क्वेस्ट टू आदिको उपलब्धीलाई दृष्टिगत गर्दा गौरवान्वित भएको भन्दै उनले, “फेसबुकले आगामी दिनहरुमा ल्याउने नयाँ प्रडक्टहरुलाई लिएर उत्साहित छु ।” रेबनसँगको सहकार्यमा फेसबुकले स्मार्ट चस्मा ल्याउँदैछ । यसले भर्चुअल रियालिटी हेडसेट र अग्मेन्टेड रियालिटी चस्मा बीचको विन्दुलाई जोड्नेछ ।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया