एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । स्थायी समिति सदस्य समेत रहेका नेता सुवास नेम्वाङले बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको जानकारी दिए ।
बैठकमा एमालेकै नेपाल पक्ष भने सहभागी छैन । नेपाल पक्षले २०७५ जेठ २ अगाडीको संरचनामा पार्टीलाई फर्काउनु पर्ने माग गरिरहेको छ । सोही मागका कारण पार्टीको महाधिवशेन आयोजक कमिटिले बनाएको स्थायी समितिमा नेपाल पक्षका नेताहरु छैनन ।
यो बैठकमा राष्ट्रिय सभा उपचुनावको समिक्षा, वाग्मिति प्रदेश तर्फ उम्मेद्वार रहेका रामवहादुर थापा (बादल)लाई पार्टीकै नेपाल पक्षले गरेको सहयोग/असहयोग, पार्टी विवाद मिलाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले बनाएको दुवै तर्फका ५/५ जना रहेको कार्यदल लगायतका विषयमा समिक्षा हुने बताईएको छ ।
बैठकको एजेण्डा पहिले सार्वजनिक नभएकोले पनि समिक्षा बैठक हुने अनुमान लगाईएको छ । यस्तै बैठकमा प्रधानमन्त्रीले संसदमा लिनुपर्ने विश्वासको मतका विषयमा पनि छलफल हुन सक्ने वताईएको छ ।
प्रधामन्त्री ओलीले बजेट ल्याउनु भन्दा अगाडि प्रतिनिधि सभामा विश्वासको मित लिने वा बजेटपछि लिने भन्ने बारेमा छलफल हुने बुझिएको छ । एमाले स्थायी कमिटीको बैठक सकिएपछि मन्त्रिपरिषद्को बैठक बस्ने जनाएको छ । मन्त्रिपरिषद्को बैठक लगत्तै बोलाईएको छ । मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आह्रवान गर्ने सन्र्दभमा राष्टपतिलाई सिफारिस गर्ने निर्णय लिने सम्भावना रहेको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया