स्पेनद्वारा स्वास्थ्यमन्त्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । स्पेन सरकारले कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता निकायका निर्देशक म्यागडी मटिनेज सोलिमनले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री त्रिपाठीले जीवनरक्षा सामग्री प्रदान गरेकामा स्पेन सरकारप्रति आभार प्रकट गरे । स्पेनद्वारा आज हस्तान्तरण गरिएका सामग्रीमा १५ थान भेन्टिलेटर, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक लाख ४४ हजार एन्टिजेन टेष्ट किट, एक लाख ४४ हजार एफएफपीटू मास्क र ६० थान सिलिण्डर छन् ।
यसैबीच परराष्ट्र मन्त्रालयले क्यानडा सरकारलाई एस्ट्राजेनका खोप उपलब्ध गराउन आग्रह गर्दै पत्राचार गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना क्यानाडेली समकक्षीलाई पत्राचार गर्दै खोपका निम्ति अनुरोध गर्नुभएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।










निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स
लुम्बिनी लायन्ससँग जोडियो नेपाटप
अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया