चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने, भाडा महंगो पर्ने

काठमाडौं। अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार नै परिपत्र जारी गरेको छ ।
अहिले चार्टर उडान गर्नेमा नेपालको राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्स, निजीक्षेत्रको हिमालय एयरलाइन्स रहेका छन् भने विदेशी विमानमा कतार, टर्किशलगायत रहेका छन् । उनीहरूले नेपाली नागरिक लैजान पाउने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।
उद्धार उडानबाट यात्रा गर्दा शुल्क भने महँगो पर्नेछ। उद्धार उडान गर्दै आएका नेपाल विमान कम्पनीले काठमाडौं–रियादका लागि रू ८९ हजार ५००, काठमाडौं–दमामका लागि रू ८४ हजार ५०० र काठमाडौं–जेद्दा उडानका लागि रू ९८ हजार ५०० भाडादर निर्धारण गरेको छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया