आईसीयू र भेन्टिलेटरमा उपचार गराउने कोरोना संक्रमितको संख्या बढ्दै
१ हजार ७४८ संक्रमितले आईसीयूमा उपचार

काठमाडौं । पछिल्लो समय अस्पताल आउने अधिकांश संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउँदै आएका छन् । कोरोना संक्रमितमा अक्सिजनको कमी हुदाँ भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या पनि बढ्दै गएको उनीहरु बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १ हजार ७४८ संक्रमित आईसीयूमा उपचार रहेका छन् भने सोही मध्ये ४९२ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५६, प्रदेश २ मा ५१, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ३१४ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ३६, लुम्बिनीमा १५, कर्णालीमा ८ र सुदूरपश्चिममा १२ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।
आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ९४० उपचाररत छन् । प्रदेश १ मा १९१, प्रदेश २ मा २२५, गण्डकी प्रदेशमा १३३, लुम्बिनीमा १५३, कर्णालीमा ५९ र सुदूरपश्चिम प्रदेशमा ४७ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार भेन्टिलेटर र आईसीयूमा उपचार गराउने संक्रमितको संख्या बढ्दै गएको छ ।
हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ८५२ रहेको छ । मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको मन्त्रालयले जनाएको छ ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया